coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कौटिन्होको सरुवामा सहमति

बार्सिलोना – ब्राजिली मिडफिल्डर फिलिप कौटिन्होको सरुवाका लागि स्पेनिस ला लिगा क्लब बार्सिलोना र इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल शनिबार सैद्धान्तिक सहमतिमा पुगेको खबर स्पेनका सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

सञ्चारमाध्यमले बार्सिलोना कौटिन्होलाई लिभरपुलबाट ५ वर्षका लागि १२ करोड युरोमा भित्र्याउन सहमत भएको उल्लेख गरेका छन् । कौटिन्होले ‘एड अन्स’ रकमबापत थप ४ करोड युरो पाउनेछन् । स्पेनको स्पार्ट्स दैनिकले कौटिन्होले यसै महिना बार्सिलोना आबद्ध हुने बताए पनि अन्तिम सम्झौता भने तय नभइसकेको बताएको छ । ‘दुई क्लब शुक्रबार कौटिन्होको सरुवा रकमका बारेमा सैद्धान्तिक सहमतिमा पुगेका छन्,’ स्पोटर््स दैनिकले उल्लेख गरेको छ ।

त्यस्तै अर्को दैनिक मुन्डो डिपोर्टिभोले बार्सिलोनासमक्ष लिभरपुलले कौटिन्होको सरुवाका लागि १६ करोड युरोको प्रस्ताव राखेको जनाएको छ । २५ वर्षे कौटिन्होको बहिर्गमन लिभपुलका लागि ठूलो चुनौती बन्नेछ । उनले पछिल्लो ७ लिग खेलमा ६ गोल गर्दै लयमा फर्केको संकेत गरेका थिए । कौटिन्हो सन् २०१३ मा इन्टर मिलानबाट ८ करोड ५० लाख युरोमा लिभरपुलमा आबद्ध भएका थिए ।

बार्सिलोनाले सिजनको सुरुआतमै कौटिन्होलाई क्लबमा भिœयाउने प्रयास गरे पनि सफल बन्न सकेको थिएन । अर्का ब्राजिली स्ट्राइकर नेइमार विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आबद्ध भएपछि बार्सिलोनााले उनको स्थानमा कौटिन्होलाई भित्र्याउने प्रयास गरेको थियो ।
फ्रान्सेली खेलकुद दैनिक एल इक्युपीले शनिबार लिभरपुलले कौटिन्होको स्थानमा लेस्टर सिटीका रियाद महारेज वा मोनाकोका थोमस लेमारलाई भित्र्याउने प्रक्रिया थालेको बताएको छ ।

प्रकाशित: २३ पुस २०७४ ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App