६ वैशाख २०८१ बिहीबार
खेल

‘भिडाल चेल्सी जाँदैनन्’

दोहा – बायर्न म्युनिखका प्रशिक्षक योप हेनिक्सले शनिबार मिडफिल्डर अर्टुरो भिडाल चेल्सी जाने खबर निराधार भएको भन्दै उनलाई जनवरी सरुवा बजारमा नबेच्ने बताएका छन् । हेनिक्सले भिडाल टोलीका महत्वपूर्ण सदस्य भएको र उनको  सरुवाका बारेमा कुनै क्लबसँग छलफल पनि नगरेको बताए ।

‘हामीले भिडालको सरुवाका बारेमा कुनै क्लबसँग कुनै छलफल गरेका छैनौं,’ हेनिक्सले भने, ‘यो तथ्यहीन खबर हो । भिडाल क्लबमै बस्न प्रतिबद्ध छन् । बायर्नले हात पारेको सफलतामा उनी टोलीको प्रमुख सदस्य बन्दै आएका छन् ।’

‘हामी जनवरी सरुवा बजामा कुनै पनि खेलाडीलाई बेच्ने पक्षमा छैनौं,’ हेनिक्सले थप गर्दै भने ।  केही दिनअघि ब्रिटेनका सञ्चारमाध्यमले भिडाल पुनः चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षणमा खेल्न इच्छुक भएको खबर सार्वजनिक गरेका थिए । भिडालले इटालियन सिरी ‘ए’ क्लब युभेन्टसमा हुँदा कोन्टेको प्रशिक्षणमा खेलेका थिए ।

उनी सन् २०१५ मा ३ करोड ७० लाख युरोमा युभेन्ट्सबाट बायर्नमा आबद्ध भएका थिए । हाल अभ्यासका लागि कतारमा रहेको बायर्नले आइतबार मैत्रीपूर्ण खेलमा अल आहिलीको सामना गर्दै छ ।
बुन्डेसलिगामा १७ खेलको समाप्तिमा ४१ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ । समान खेलमा ३० अंक जोडेको साल्के दोस्रो स्थानमा छ ।

 

प्रकाशित: २३ पुस २०७४ ००:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App