coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेनालाई ७ स्वर्ण

काठमाडौं –  राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४अन्तर्गत भएको तेस्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप २०७४ को अन्तिम दिन ३ स्वर्ण हात पार्दै सेनाले सर्वाधिक ७ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगिताको अन्तिम दिन सेनाले महिला व्यक्तिगत सेवर, इपी र सेवरको महिला टिममा स्वर्ण हात पारेको हो । सेवर महिला व्यक्तिगततर्फ सेनाकी कमला श्रेष्ठले सेनाकै रविना थापालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।  सेनाकी अस्मिता बस्नेत र एपिएफकी मीनादेवी पौडेल तेस्रो भए ।

पुरुषको सेवर व्यक्तिगततर्फ मध्यमाञ्चलका अमित भण्डारीले सेनाका दिनेश पाण्डेलाई पाखा लगाउंदै स्वर्ण हात पारे । व्यक्तिगत स्पर्धामा सेनाका मदन थापा र नुरबहादुर थापाले कांस्य पदक पाए । महिला इपी टिममा मभ्यमाञ्चल र एपिएफ  तेस्रो भए । यस्तै सेवरको महिला टिममा मध्यमाञ्चलले रजत र एपिएफले कांस्य पाए ।

यस्तै पुरुषतर्फको इपीको टिम इभेन्टमा एपिएफले स्वर्ण हात पार्दा मध्यमाञ्चलले रजत हात पा¥यो । त्रिभुवन आर्मीले कांस्य पायो । यसै गरी पुरुषको सेवर टिममा मध्यमाञ्चलले स्वर्ण उपाधि प्राप्त ग¥यो । एपिएफर्ले रजतमा चित्त बुझायो । सेनाले कांस्य पायो ।
 

प्रकाशित: २३ पुस २०७४ ००:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App