काठमाडौं – नेपाल आर्मीलाई २९–२५ले पराजित गर्दै घरेलु टिम पश्चिमाञ्चले राखेप च्याम्पियनसिपअन्र्तगत पोखरामा शनिबार सम्पन्न राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको पुरुषतर्फ उपाधि जितेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए । त्यसै गरी पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली एपिएफले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । प्रतियोगितामा नेपाल आर्मी अनुशासित टिम घोषित भएको छ । प्रतियोगितामा एपिएफका दीपकसिंह बोहराले सर्वाधिक गोलकर्ताको उपाधि पाए ।
नवौं महिला राष्ट्रिय ह्यान्डबलमा एपिएफले नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै फाइनल जितेको छ । तेस्रो स्थान भने पूर्वाञ्चलले प्राप्त ग¥यो । प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनुशासित टिम घोषित भयो । विजेतालाई जनही ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई जनही १० हजार रुपियाँका साथ ट्रफी मेडल र प्रमाणपत्र वितरण गरियो । विजयी खेलाडीहरुको टिमलाई प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारीलगायते पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित: २३ पुस २०७४ ००:४३ आइतबार