coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुन र गौचन फाइनलमा

काठमाडौं– राखेप च्याम्पियनसिपअन्तर्गत आठौं राष्ट्रिय आर्चरी प्रतियोगिताको शनिबार पुरुष खुला रिकर्भतर्फ ७० मिटर दूरीमा स्वयम्भू आर्चरी क्लबका प्रेमप्रसाद पुन र थासाङ स्पोर्ट्स क्लबका मीन गौचन फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनलमा प्रेमले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६–२ तथा मीनले कास्की आर्चरी संघका तिलक पुनलाई ६–४ को सेटमा पराजित गरे ।
सोही स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले कञ्चनपुरकी तमन्ना क्षत्रीलाई ६–० तथा आर्मीकी आयशा तामाङले कास्कीकी रश्मि दर्लामीलाई ७–३ को सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष कम्पाउन्ड ५० मिटर दूरीमा वेस्ट आर्चरी क्लबका प्रजित अग्रवालले अन्नपूर्ण आर्चरी क्लबका किशोरकुमार गुरुङलाई १३३–१३२ तथा राजधानी आर्चरी क्लबका सनातन मल्लले कञ्चनपुरका होमबहादुर रोक्कालाई १३४–१३३ ले पाखा लगाउँदै फाइनल यात्रा तय गरे ।
पुरुष स्ट्यान्डर्ड ३० मिटरमा स्वयम्भूका धर्मेन्द्र छन्त्यालले आर्मीका प्रेम विकलाई ६–० तथा वेस्ट आर्चरीका नवीनवीर बस्नेतले आर्मीका डम्बर थापालाई ६–२ को सेटमा पाखा लगाउँदै फाइनलमा स्थान बनाए ।
उक्त स्पर्धाको महिलामा आर्मीकी मित्र राईले कास्कीकी अर्चना थापामगरलाई ६–० तथा अन्नपूर्णकी केशरी आलेमगरले सोही क्लबकी रोजिना थापा मगरलाई ६–२ ले पन्छाउँदै फाइनलमा स्थान पक्का गरे । पुरुष टिम इभेन्टमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
 

प्रकाशित: २३ पुस २०७४ ००:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App