coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टेभेज फेरि बोका जुनियर्समा

पेरिस– अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेज शुक्रबार चाइनिज सुपर लिग क्लब सांघाई सिन्ह्वासँगको एकवर्षे सम्झौतामा पूर्णविराम लगाउदै पूर्वक्लब बोका जुनियर्समा फर्कन सहमत भएका छन् ।

‘टेभेज घरेलु क्लबमा फर्किएका छन् । उनी आजै टोलीमा समावेश हुँदै अभ्यासमा सहभागी भइसकेका छन्,’ बोका जुनियर्सले टेभेजको तस्बिरसहित सामाजिक सन्जालहरूमा उल्लेख गरेको छ ।
क्लबले ३३ वर्षे टेभेजसँगको सम्भौता रकमका बारेमा केही नबताए पनि उनलाई क्लबको जर्सीमा जिममा देखिएको थियो । अर्जेन्टिनी समाचार संस्था टेलामले यसअघि नै टेभेजले क्लबमा ३२ नम्बरको जर्सी लगाउन सहमत भएको बताएको थियो ।

टेभेज बोका जुनियर्समा आबद्ध भएको यो तेस्रो पटक हो । उनले गत जनवरीमा विश्वकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बन्दै सिन्ह्वासँग साताको ७ लाख ३० हजार युरोमा सम्झौता गरेका थिए ।
सिन्ह्वाका प्रवक्ताले शुक्रबार क्लब टेभेजसँगको सम्झौता अन्त्य गर्न सहमत भएको पुष्टि गरेका छन् ।

निरन्तरको चोटका कारण अधिकांश समय मैदानबाहिर बस्न परेकाले टेभेजका लागि चीन बसाइ सुखद बन्न सकेन । उनले चाइनिज लिगमा पूरै सिजन मात्र ४ गोल गरे । क्लबमा आबद्ध हुँदा समर्थकबाट न्यानो स्वागत पाएका टेभेजले लिगमा गतिलो प्रदर्शन गर्न नसकेको र विभिन्न बाहना बनाउँदै अर्जेन्टिना फर्किएको भन्दै तिनै समर्थकबाट आलोचित बन्नुपरेको थियो ।
उनलाई क्लब समर्थकले ‘घर फर्कन आतुर केटा’ को संज्ञा दिएका थिए ।

 

प्रकाशित: २३ पुस २०७४ ००:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App