काठमाडौँ-सार्वजनिक पदमा बहाल रहँदा मालपोत कार्यालय कलङ्कीका अधिकृत जीवनाथ सिवाकोटीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
वाग्मती अञ्चल अदालतमा नासुबाट सेवा प्रवेश गरेका सिवाकोटीले विभिन्न कार्यालयमा रहँदा हालसम्म रु एक करोड ४७ लाख ४१ हजार ६७१ गैरकानुनी रुपले आर्जन गरेको देखिएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बमोजिम जरिवाना र कैद सजाय तोक्न माग गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
आयोगले निजकी श्रीमती तारादेवीका नाममा रहेको स्रोत नखुलेको चलअचल सम्पत्ति जफत गर्न पनि माग गरेको छ। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत