७ वैशाख २०८१ शुक्रबार
समाज

आन्दोलन खुकुलो बन्दै, यातायात खुल्यो

धनकुटा – चार दिनदेखिको निरन्तरको बन्दका कारण कोशी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको गुनासो बढेपछि निश्चित समयका लागि यातायात सञ्चालन हुने भएको छ।

जिल्ला सदरमुकाममा शनिबार बसेको सर्वदलीय बैठकले बजार बन्द यथावत रहेपनि बेलुका सवारी साधन सञ्चालन खुल्ला गर्ने निर्णय गरिएको छ। धनकुटालाई प्रादेशिक राजधानी बनाउने अभियानमा लागेका आन्दोलनकारीको भेलाबाट शनिबारदेखि प्रत्येक दिन बेलुका ५ बजेदेखि बिहान ८ बजेसम्म यातायातका साधन सञ्चालनमा खुला गरिएको जनाएको छ।

आगामी सोमबारसम्म बजार, पसल शैक्षिक संस्था, वित्तीय संस्था बन्द गर्ने कार्यक्रम तयार गरेका छन्। प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा हुनुपर्ने माग राख्दै विगत चार दिनदेखि धनकुटामा आमहड्ताल गरेका धनकुटेलीलाई पूर्वी पहाडी जिल्ला तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा समेत दैनिक उपभोग्य सामग्री आभाव र जनजीवन आवागमनमा बन्दले जनजीवन कष्टकर बनेको गुनासो बढेपछि यातायात खुला गरिएको धनकुटा प्रादेशिक राजधानी अभियानका संयोजक प्रदेशसभाका सांसद निरन राईले बताए।

बन्द खुकुलो भएसँगै पहाडबाट तराईतर्फ जाने र सुनसरीको धरानबाट सयौं सवारी साधन कोशी पहाडका जिल्लातर्फ लागेका करण सर्वसाधरणलाई सहज भएको छ। रासस

प्रकाशित: २२ पुस २०७४ १६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App