८ वैशाख २०८१ शनिबार
राजनीति

देउवाले राजीनामा नदिए सडकबाटै हटाउछौंः लालबाबु पण्डित

काठमाडौं – विभिन्न राजनीतिक दलका नेताहरूले राष्ट्रियसभाको निर्वाचनपछि वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद लालबाबु पण्डितले अहिलेसम्म पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीसमेत तोक्न नसक्नेले राजीनामा दिनुपर्नेमा जोड दिए।

राष्ट्रियसभाको निर्वाचनसम्म कुर्ने र त्यसपछि पनि सरकारले राजीनामा गरेर बाटो खुल्ला नगरेको खण्डमा सडकबाटै हटाउने सांसद पण्डितको भनाइ थियो।

वाणिज्यमन्त्री मीन विश्वकर्माले फागुन महिनापछि मात्र वर्तमान सरकारले राजीनामा गरेपछि नयाँ सरकार गठन हुने बताए। सरकार जतिसक्दो चाँडो प्रदेश प्रमुख नियुक्ति गर्ने तथा अस्थायी राजधानी तोक्ने तयारीमा रहेको मन्त्री विश्वकर्माको भनाइ थियो।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार वर्तमान सरकारलाई मात्र भएको हुँदा जतिसक्दो चाँडो तोक्नुपर्ने माग गरे। रासस

प्रकाशित: २२ पुस २०७४ १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App