४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले आफ्नै शहरमा मिसाइल छोडेपछि...

प्याङयोङ – आफ्नो अनियन्त्रित परमाणु कार्यक्रमले विश्वलाई नै चिन्तित बनाएको उत्तर कोरिया एकपटक आफै यो कार्यक्रमको शिकार बनेको खुलासा भएको छ।

‘द डिप्लोम्याट’ मा प्रकाशित एक रिपोर्टले उत्तर कोरियाको एक मिसाइल परीक्षणमा गल्ती भएको र उक्त मिसाइल उसकै सहरमा खसेको उल्लेख गरेको छ।

अंकित पांडा र अमेरिकाको जेम्स मार्टिन सेन्टर फोर नन प्रोलिफरेशन स्टडीजका अनुसन्धाकर्ता डेव सिजमर्लरले तयार पारेको रिपोर्टमा २०१७ अप्रिल २८ मा उत्तर कोरियाले छोडेको मिसाइल उसकै सहर टोकचोनमा खसेको बताइएको छ।

मिसाइल छोड्ने क्रममा इन्धनले काम नगरेकाले सफलतापूर्वक आफ्नो क्षेत्रभन्दा बाहिर जान नसकेको रिपोर्टमा उल्लेख छ। मिसाइलमा लिक्विड फ्यूल हुने र ठोक्किदा विस्फोट हुने भएकाले खसेको ठाउँमा क्षति भएको बताइएको छ। यद्यपी मिसाइलको असफल परीक्षणले कति क्षति भयो भन्ने खुलाइएको छैन्।

घटनाको अमेरिकी अनुसन्धानकर्ता डेव सिजमर्लरले जुन ठाउमा मिसाइल खस्यो त्यहाँ एउटा ठूलो कालो धब्बा बनेको बताएका छन्।

ह्वासोंग–१२ नाम दिइएको यो इन्टरमिडिएट–रेन्ज मिसाइलको परीक्षण असफल भएपछि मे महिनामा दोस्रो पटक सफल परीक्षण गरिएको थियो।

प्रकाशित: २२ पुस २०७४ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App