७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी सहयोग रोकिंदा पाकिस्तानी सेनालाई कस्तो असर पर्छ ?

इस्लामावाद – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्ने निर्णय अहिले चर्चामा छ।

आफ्नो भुमीबाट चरमपन्थी संगठनविरुद्ध कारबाही नगरेसम्म सहयोग रोक्ने घोषणा अमेरिकी प्रशासनले गरिसकेको छ। यद्यपी कुल कति सहयोग रोक्ने भन्ने घोषणा भएको छैन।

रक्षा विशेषज्ञहरुले ९ सय मिलियन डलरभन्दा बढी रोक्नसक्ने बताएका छन्। यसमा पाकिस्तानी सेनालाई हतियार र तालिमका लागि दिइने २५५ मिलियन डलर र ७ सय मिलियन डलर चरमपन्थी संगठनविरुद्ध कारबाही गर्न दिइने रकम रोक्का हुनसक्छ।

अमेरिकी सहयोग रोकिंदा केही समयका लागि पाकिस्तानी सेनालाई असर गर्नसक्ने रक्षा विशेषज्ञहरु बताउँछन्। पाकिस्तानी रक्षा विशेषज्ञ प्रोफेसर हसन अस्कारी रिजवीले चीनले जति नै सहयोग गरेपनि अमेरिकाका तर्फबाट पाउने सहयोग पूर्ती गर्न नसक्ने बताए।

‘पाकिस्तानी मिलिट्री, स्टेट एण्ड सोसाइटी इन पाकिस्तान’ किताबका लेखक समेत रहेका रिजवीले भने- यदि अमेरिकी सहयोग रोकियो भने पाकिस्तानी सेनालाई तत्काल यो परिस्थितीबाट गुज्रिन अप्ठेरो हुनेछ। साथै यसको असर लामो समयसम्म सेनाको तयारीमा देखिनेछ। यद्यपी चीनले पाकिस्तानलाई जतिसुकै सहयोग गरेपनि अमेरिकाले दिने सहयोग पूर्ती गर्न सक्दैन् ।’

यद्यपी पाकिस्तानी सेनाका प्रवक्ताले पाकिस्तान कहिले पनि पैसाका लागि नभई शान्तिका लागि लडिरहेको बताएको बीबीसीले जनाएको छ।

प्रकाशित: २२ पुस २०७४ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App