coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागेश्वरी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन

नेपालगन्ज- पश्चिम क्षेत्रको भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार नेपालगन्जस्थित बागेश्वरी मन्दिर दर्शन गरेका छन्। राजसंस्था हटेपछि बागेश्वरी मन्दिर दर्शन गरेको यो दोस्रो पटक हो। करिव ९ वर्षअघि पनि उनले मन्दिर दर्शन गरेका थिए।

  शनिबार पूजाआजाका लागी पूर्वराजा मन्दिरमा पुग्दा उनका समर्थकले नारा लगाएका थिए। स्वागत गर्न लामवद्ध उभिएका सर्मथकलाई देखेपछि पूर्वराजाले टाउको हल्लाउँदै मन्दिरभित्र प्रवेश गरेका थिए।

  पूर्वरानी कोमल सहित ज्ञानेन्द्रलाई मन्दिरका मुल महन्थ चन्द्रनाथ योगीले स्वागत गरेका थिए। उनीहरुले करिव २० मिनेट जति पूजाआजा गरेको मन्दिरका पुजारीले जानकारी दिएका छन् । पूर्वराजा मन्दिर दर्शनका लागी पुगेको खबर थाहा पाएपछि सर्वसाधारण तथा उनका समर्थकको ठूलो भिड लागेको थियो । एक साता अघि नेपालगन्ज आईपुगेका उनी यसअघि दाङ, बर्दिया र कैलाली पुगेर मन्दिर दर्शन गरिसकेका छन्।

  पूर्वराजा ज्ञानेन्द्रको नीजि सचिवालयका अनुसार उनले अझै मध्य र सुदुरपश्चिममा विभिन्न धार्मिक स्थल तथा पर्यटकिय क्षेत्रको भ्रमण गर्नेछन् । पूर्वराजा पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित भ्रमणमा आएका हुन्। उनीहरु नेपालगन्जको कारकाँदोमा आफ्नै लगानीमा सञ्चालित होटल सोल्टीमा बस्दै आएका छन्।

 

प्रकाशित: २२ पुस २०७४ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App