coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सलमानसँग किन फिल्म खेल्दिनन् दीपिका ?

मुम्बई – सलमान खानसँग फिल्म खेल्न जो कोही कलाकार पनि मरिहत्ते गर्छन्। तर, बलिउड फिल्म उद्योगमा एक दशक विताइसकेकी अभिनेत्री दीपिका पादुकोणले ‘दबंग’ नामले चिनिने अभिनेता सलमानसँग अझै फिल्म खेलेकी छैनन्।

शुक्रबारबाट उमेरले ३२ पुगेकी दीपिकाले सलमानसँग फिल्म खेल्ने प्रस्ताव आएपनि लगातार अस्वीकार गर्दै आएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आजसम्म सलमानसँग फिल्म खेल्न उनको साइत नै जुरेन। अर्थात समय अभावका कारण उनले सलमान अभिनित कैयौं फिल्म रिजेक्ट गरिन।

यद्यपी उनले बलिउड बादशाह शाहरुख खानसँग भने विभिन्न फिल्ममा अभिनय गरिन्।

कुन कुन फिल्म रिजेक्ट गरिन ?

२०१६ मा प्रदर्शनमा आएको सलमानको फिल्म सुल्तानमा हिरोइनका लागि दीपिकालाई ५ पटकसम्म प्रस्ताव गरिएको थियो। तर, समय नभएको भन्दै उनले अस्वीकार गरिन्। त्यसपछि अनुष्का शर्मा हिरोइनका रुपमा देखिइन्।

२०१६ मै प्रदर्शनमा आएको सलमानको सुपरहिट फिल्म ‘बजरंगी भाईजान’ मा पनि दीपिकालाई हिरोइनका लागि अफर गरिएको थियो। तर, उनले नभ्याउने भनेपछि करिना कपुरलाई हिरोइन बनाइयो।

२०१४ मा प्रदर्शनमा आएको फिल्म ‘जय हो’ मा पनि दीपिकालाई प्रस्ताव गरियो। यो पनि उनले अस्वीकार गरिन। त्यसपछि सलमानसँग अभिनेत्री डेजी शाह देखिइन्।

२०१४ मै प्रदर्शनमा आएको ‘किक’ मा पनि दीपिकालाई सलमानको जोडी बनाउन खोजिएको थियो। तर, यसबेला दीपिका शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यू इयर’मा व्यस्त हुँदा खेल्न पाइनन्। ज्याकलिन फर्नाडिजले सलमानसँग खेल्ने अवसर पाइन्।

दीपिकाले २०१५ मा प्रदर्शन भएको सलमानको ‘प्रेम रतन धन पायो’ फिल्म पनि अस्वीकार गरिन्। त्यसपछि सोनम कपुरले हिरोइनको भुमिका निभाइन्।

दीपिकाले सलमानका साथै आमिर खानको ‘धुम ३’ फिल्म समेत समय अभावका कारण अस्वीकार गरेकी थिइन्।

प्रकाशित: २२ पुस २०७४ १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App