coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कानून नमानेको भन्दै साउदीका ११ राजकुमार पक्राउ

रियाद – साउदी अरबका ११ राजकुमारलाई रियादबाट पक्राउ गरिएको छ।

रियादमा रहेको शाही महलबाट साउदी प्रहरीले ११ राजकुमारलाई शनिबार हिरासतमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शाही परिवारका सदस्यको पानी र बिजुलीको बिल राज्यकोषले नतिर्ने निर्णयको विरोध र हत्या अभियोगमा परिवारका एक सदस्यविरुद्ध सुनाइएको सजायको धरौटी मागेपछि राजकुमारलाई नियन्त्रणमा लिइएको हो।

विश्वकै ठूलो तेल निर्यात गर्ने साउदीले कच्चा तेलको मूल्यमा गिरावट आएसँगै २०१८ मा १९५ अर्ब रियाल बजेट घाटाको अनुमान गर्दै आर्थिक संटकको सामना गर्न सुधार कार्यक्रमअन्तर्गत अनुदानमा कटौती, पहिलोपटक भ्यालु–ऐडेड ट्याक्स (कर) लागु र शाही परिवारका सदस्यको भत्ता काट्ने जस्ता निर्णय गरेको छ।

यो निर्णयपछि राजकुमारहरु ऐतिहासिक शाही महल कसर अ–होकममा भेला हुँदै शाही परिवारका सदस्यका लागि पानी र बिजुलीको बिल राज्यले व्यहोर्न नपर्ने निर्णय खारेज गर्न माग गरेका थिए। साथै हत्या अभियोगमा सजाय सुनाइएका परिवारका एक सदस्यलाई सजायबाट मुक्त गराउन धरौटी रकम मागेका थिए। उनीहरुले माग पूरा नभएसम्म शाही महल कसर अ–होकम नछोड्ने अडान लिएका थिए। त्यसपछि शाही रक्षकको आदेशमा उनीहरुलाई नियन्त्रणमा लिएर अल–हेयर जेलमा राखिएको बताइएको छ।

कानून सबैका लागि समान भएको भन्दै शाही रक्षकले राज्यको नियम र निर्देशन लागु नगर्ने आफै जिम्मेवार हुने र उ जुनसुकै व्यक्ति भएपनि फरक नपर्ने बताएका छन्।

साउदी अरबले गत वर्ष भ्रष्टाचारमा संलग्न भएको भन्दै दर्जनौं शाही परिवारका सदस्य, वर्तमान र पूर्व वरिष्ठ अधिकारीलाई पक्राउ गरी जेल पठाएको थियो। यसमा शक्तिशाली एवं धनाढ्य पूर्व क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि थिए। 

प्रकाशित: २२ पुस २०७४ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App