७ वैशाख २०८१ शुक्रबार
खेल

माघ २५ बाट सिमरा गोल्डकप

बारा – सिमरा गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण माघ २५ गतेबाट आयोजना हुने भएको छ। 
आयोजक नवजनजागृती युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो। 

२ विभागीयसहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन ४ गते सम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले पत्रकार समेलनमा बताएका छन्।

प्रतियोगितामा संकटासहित थ्रिस्टार क्लब, मनाङ मस्र्याङ्गदी क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११, झापा ११, हेटौंडा ११, वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज र आयोजक नवजनजागृती युवा क्लब सिमराको सहभागिता रहनेछ ।

नवौं सिमरा गोल्डकपको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुईलाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल र प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक र हाईस्कोररले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए। यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

प्रकाशित: २२ पुस २०७४ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App