७ वैशाख २०८१ शुक्रबार
समाज

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

उर्लाबारी – मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ। 

टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको को१त ९७१६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक उर्लाबारी–४ बस्ने २५ वर्षीय दीप माझीको मृत्यु भएको हो। 

दुर्घटनामा परेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा स्थानीय मंगलबारे अस्पतालमा मृत्यु भएको हो। 

ट्र्याक्टरलाई नियन्त्रणमा लिए पनि त्यसका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले जानकारी दिए। 

प्रकाशित: २२ पुस २०७४ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App