१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेशको राजधानी माग्दै वीरगन्जमा आन्दोलन

वीरगन्ज- प्रदेश नं २ को राजधानी यहाँ बनाउनु पर्ने माग गर्दै वीरगन्जमा सुरु भएको चरणबद्ध आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत शनिवार वीरगन्जमा ३० मिनेट चक्काजाम गरिएको छ। यसअघि जुलुस प्रर्दशन र रिले अनसन गरिएकोमा शनिवार चक्काजाम थपिएको आन्दोलनका एक जना अगुवा श्याम पटेलले बताए।

वीरगन्जको मेनरोडमा चक्काजाम गर्न प्रदर्शनका सहभागिले मानव साङ्लो बनाएर बाटोमा उभिएका थिए। ‘यो कुनै दलको आन्दोलन होइन, कुनै झण्डा यहाँ प्रयोग पनि गरिएको छैन्, पर्सा, बारा र रौतहटका समग्र जनताको माग तथा आपेक्षाका लागि र समग्र दुई नम्बर प्रदेशको भविश्यको हकमा गरिएको जनताको सघर्ष हो,’ नेपाली काँग्रेसका जिल्ला सचिव समेत रहेका पटेलले भने, ‘देशकै राजधानी बनाउन सक्षम रहेको ठाउँ हो वीरगन्ज, संघीयताको पक्षमा भएको आन्दोलनमा यस ठाउँ योगदान सबभन्दा बढी छ, प्रयाप्त भौतिक पुर्वाधार छ यहाँ ।’ अहिलेको आन्दोलनलाई कुनै दल वा नेताले समान्य आँकेमा त्यो उनीहरुको गल्ती ठहरिने बताउदै पटेलले अहिले आन्दोलनको उठान मात्र भएको बताए। उत्कर्ष निकै कठोर हुन सक्ने उनले चेतावनी दिए ।

एमाले नेता महमद बसरुद्दीन अन्सारी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य फिरोज मन्सुर, युवा अगुवाहरु ओमप्रकाश सर्राफ, कमल चौगाई, हजारी प्रसाद लगायतको अगुवाईमा चक्काजाम गरिएको थियो । यसैबीच बिहीवारदेखी सुरु भएको रिले अनसनमा दोस्रो दिन शुक्रवार पूर्व सांसद राजकुमार गुप्ता नेताहरु दुर्गा क्षेत्री, अनिता रौनियार, सुधिर पटेल, बद्रीनारायण तिवारी, तेजप्रकाश सहनी, संजीव मिश्र, यशवन्त यादव, रेखा साह, रानीदेवी श्रीवास्तव र अकलेशकुमार साह बसेका छन् । संघर्ष कडा पार्दै लैजाने मिश्राले बताए । सरकारले राजधानीको निर्णय गर्ने सवालमा अहिले सावधानी देखाएकोले आन्दोलनलाई शान्तिपुर्ण बढाउन आफुहरु सफल भएको विद्यार्थी नेता तिवारीले प्रतिक्रिया दिए । अन्यत्र राजधानी घोषणा गर्ने कार्य अघि बढाइए वीरगन्जमा सम्हाल्न नसकिने आन्दोलन हुने उनले बताए।

 

प्रकाशित: २२ पुस २०७४ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App