८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दुई कमाण्डरसहित आइएसका २० लडाकू मारिए

मेहर्तालाम – अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी २० जना भन्दा बढी इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका छन्। 

मारिएकाहरु मध्येमा दुई जना आइएसका कमाण्डर नै रहेका अधिकारीहरुलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। 

पुर्वी प्रान्त लाघमनमा लुकेर बसेका लडाकूहरुलाई लक्ष्यगरी शुक्रबार गरिएको कारबाहीका क्रममा उनीहरु मारिएको सेनाका एक जना प्रवक्ताले शनिबार जानकारी दिएका छन्। 

अफगानिस्तानको सुरक्षाफौजले अलिनेगर जिल्लाको नुर्लाम उपत्यकामा लुकेर बसेका आइएस लडाकूहरुलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको थियो। 

शुक्रबार अबेर राती भएको आक्रमणमा परी २० जना मारिएका छन्– अफगान सेनाको पुर्वी क्षेत्रका एकजना प्रवक्ता सिरिन अक्वा फाक्विरीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए। 

उनका अनुसार आक्रमणमा परी मारिनेमा मावलावी तुराब र मुसा खान नामका दुई जना कमाण्डर लडाकू पनि रहेका छन्। उनीहरुले सो क्षेत्रमा आइएस संगठनको नेतृत्व गर्दै आएका बताइएको छ। 

प्रकाशित: २२ पुस २०७४ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App