मुम्बई – शुटिंगमा ढिलो आएको भन्दै दक्षिण भारतीय फिल्मका एक अभिनेतामाथि निर्देशकले जरिवाना लगाएका छन्। प्रदर्शनरत साउथ फिल्म ‘बैलून’का अभिनेता जयलाई निर्देशकद्वय नन्दकुमार र अरुण बालाजीले डेढ करोड जरिवाना मागेका हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘बैलून’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। तर, फिल्मका निर्देशकले अभिनेता जयले शुटिंगमा ढिलाई गरेको तथा अपप्रोफेशनल व्यवहार देखाएकाले फिल्मको निर्माणमा एक वर्ष बढी समय लागेको दाबी गर्दै १.५ करोड मागेका हुन्। उनीहरुले फिल्म निर्माणको समय लम्बिदा डेढ करोड बढी खर्च भएको बताएका छन्।
निर्देशकद्वयले क्षतिपूर्ति माग्दै अभिनेता जयविरुद्ध निर्देशक समाजमा उजुरी समेत दिएका छन्। जरिवाना नतिरे जयविरुद्ध प्रतिबन्ध लगाउन माग गरेका छन्।
प्रकाशित: २२ पुस २०७४ ०९:२३ शनिबार