coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

फिल्म खेल्न ऐश्वर्याले मागिन १० करोड

मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले नयाँ फिल्म खेल्न १० करोड पारिश्रमिक मागेकी छन्। १९६७ मा प्रदर्शनमा आएको फिल्म ‘रात र दिन’को रिमेक फिल्ममा नरगिस दत्तको भूमिका निर्वाह गर्न ऐश्वर्याले १० करोड पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ऐश्वर्याको माग पूरा गर्न फिल्म निर्माता पनि सहमत भएका छन्। ‘रात र दिन’को रिमेक फिल्मको निर्माण प्रेरणा अरोडाले गर्दैछिन्। उनले ऐश्वर्याको आगामी फिल्म ‘रात र दिन’को रिमेक रहेको बताउँदै फिल्ममा ऐश्वर्या डबल रोलमा देखिने बताइन्।

प्रकाशित: २२ पुस २०७४ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App