राजधानी माग गर्दै वीरगन्जमा अनशन

शनिबार, २२ पुष २०७४, ०८ : ४० रितेश त्रिपाठी

वीरगन्ज- प्रदेश नम्बर २ को राजधानी वीरगन्ज तोक्न माग राखेर पर्सा र बारामा क्रियाशील विभिन्न दलका नेता तथा नागरिक समाजका अगुवा रिले अनशनमा बसेका छन् । वीरगन्जमा शुक्रबारदेखि रिले अनशन सुरु गरिएको हो ।
उनीहरुका अनुसार वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरिएअनुसार पहिलो चरणमा रिले अनशन थालिएको हो । वीरगन्जलाई प्रदेश राजधानी तोक्ने आन्दोलनमा नेपाली कांग्रेस र एमाले नेताको विशेष सक्रियता देखिएको छ । त्यसमा स्थानीय युवा र नागरिक अगुवाको पनि सहभागिता छ । पहिलो दिन नेपाली कांग्रेस पर्साका पूर्वसभापित सुरेन्द्रप्रसाद चौधरी, एमाले पर्साका नेता शम्भुप्रसाद गुप्ता, बसरुद्दीन अन्सारी, तरुण दल बारा अध्यक्ष लोकेश सिंह, समाजका अगुवाहरु ओमप्रकाश सर्राफ, दुर्गा क्षेत्री, रन्जु दाहाल, कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी गरी १२ जना रिले अनशनमा बसे ।  घण्टाघरमा टेन्ट लगाएर रिले अनसन सुरु गरिएको छ  । अनशनकारीले आन्दोलन शान्तिपूर्ण स्वरुपमै कडा पार्दै लैजाने बताए । सामथ्र्य, आर्थिक तथा राजनीतिक लगानी, पूर्वाधार, सुगमतालगायत विभिन्न आधारमा वीरगन्ज प्रादेशिक राजधानीका लागि सबैभन्दा उपयुक्त भएको आन्दोलनकारीको दाबी छ । प्रदेश राजधानी वीरगन्ज नतोक्ने प्रयासविरुद्ध संघर्षमा उत्रिनुपरेको अनशनकारी गुप्ताले बताए ।





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad