coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नर्सिङका ३५ छात्रा बिरामी

काँकडभिट्टा (झापा)– बिर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण मंगलबार एकै चोटि बिरामी भएका छन्।

बिहान अचानक झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछि ती छात्रालाई स्थानीय बिर्तासिटी हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ। इन्स्टिच्यटका प्रिन्सिपल रचिता न्यौपानेले बिहान पाँच जनालाई झाडाबान्ता देखा परेको र अरु पनि बिरामी होलान् जस्तो भएपछि सबैलाई हस्पिटल लगिएको बताए।

हस्पिटलको आकस्मिक विभागका डा सुदीप भट्टराईले छात्रामा ‘अननोन कज फुड प्वाइजन’ देखिएको बताए।
हस्पिटलका सञ्चालक ध्रुव शिवाकोटीले आधाभन्दा बढी छात्रा उपचारपछि हस्पिटलबाट डिस्चार्ज भइसकेको र उनीहरूले सोमबार बेलुकीको खानामा मटरको तरकारी खाएको जानकारी दिए।

स्टाफ नर्सिङ पढाइ हुने सो इन्स्टिच्युटमा सयभन्दा बढी अध्ययनरत छन् । छात्रावासमा ८० जना बस्दै आएका छन्। हस्पिटलका चिकित्सकले अधिकांश बिरामीको अवस्था सामान्य नै रहेको बताएका छन्। रासस

प्रकाशित: २५ श्रावण २०७३ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App