coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आयोजकको विजयी सुरुआत

धनगढी – आयोजक सुदूर पश्चिम ११ स्पोर्टस क्लबले घरेलु फुटबलमा सर्बाधिक पुरस्कार राशीको सुदूर पश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

धनगढी रंगशालामा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा शहिद स्मारक ‘ए’ डिभिजन लिगको ललितपुरे टोली च्यासल युथ क्लबमाथि सुदूर पश्चिमले पेनाल्टी सुटआउटमा जित हासिल गरेको थियो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि निर्णयार्थ पेनाल्टी सुटआउटमा धकेलिएको खेललाई आयोजक टोलीले ५–४ को नतिजामा आफ्नो पक्षमा पा¥यो । जितसँगै आयोजक सुदूर पश्चिमाञ्चल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७१औं मिनेटमा अफ्रिकी खेलाडी सेगुनको गोलबाट भ्रमणकारी च्यासलले अग्रता लिएको थियो । तर घरेलु समर्थकको साथमा उत्साहित सुदूर पश्चिमको पुनरागमन प्रयास सफल हुँदा च्यासलको अग्रता १५ मिनेटभन्दा लामो समय टिक्न सकेन । समय सकिन ५ मिनेट बाँकी रहँदा विनोद केसीले महत्वपूर्ण बराबरी गोल गर्दै खेल बराबरीमा ल्याए ।

पेनाल्टी सुटआउटमा च्यासल क्लबका सुमन लामाको प्रहार सुदूर पश्चिमका गोलकिपर जीवन भट्टराईले रोकेपछि आयोजकको सेमिफाइनल यात्रा जुरेको थियो । सुदूर पश्चिमका नियमीत गोलकिपर अमानत शेख घाइते भएपछि प्रतियोगीताको पहिलो हाफमा मैदानमा प्रवेश गरेका जीवनले निर्धारित समयमै पनि विपक्षीका थुप्रै प्रहार जोगाएर टोलीको आधार कायम राखेका थिए । म्यान अफ दी म्याच घोषित जीवनले नगद पुरस्कारस्वरुप १० हजार रुपैयाँ हात पारे ।

प्रतियोगितामा नेपालका ११ र भुटानको एक गरी १२ टीम सहभागि छन् । प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १ सय ११, उप विजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकिपरले जनही १५ हजार रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।

प्रतियोगीताको शुक्रबारै विशेष कार्यक्रमका बीच प्रधानमन्त्री पत्नी एवं काग्रेस नेतृ आरजु राणा देउवाले उदघाटन गरेकी थिइन । उदघाटनअघि प्रतियोगिताको प्रवद्र्धनका लागि धनगढी बजारमा ¥याली निकालिएको थियो ।

प्रकाशित: २२ पुस २०७४ ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App