coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ठूलो लिग नखेले मेसीले बार्सिलोना छोड्ने

बार्सिलोना– अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भए वा बार्सिलोनाले युरोपियन शीर्ष लिगको हैसियत गुमाए क्लब छोड्न सक्ने स्थानीय संचार माध्यमले जनाएका छन् ।

‘मेसीले नोभेम्बरमा गरेको नयाँ सम्झौतामा बार्सिलोना युरोपको शीर्ष लिग खेल्दासम्म मात्र क्लबमा बस्ने उल्लेख गरिएको छ,’ स्पेनिस दैनिक एल मुन्डोले उल्लेख गरेको छ ।

बार्सिलोनाले क्लब र खेलाडीबीचको सम्झौता गोप्य हुने भन्दै यस विषयमा केही धारणा सार्वजनिक गरेको छैन ।
केही महिना अघि स्वतन्त्र क्याटोलिनाका पक्षधरले जनमत संग्रहपछि स्पेनबाट अलग्गिएको घोषणा गरेका थिए ।
स्पेनिस फुटबल अधिकारीहरुले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भए बार्सिलोनाले ला लिगाको अस्तित्व गुमाउने बताउँदै आएका छन् ।

क्याटोलिना स्वतन्त्र भए वा बार्सिलोना युरोपका अन्य शीर्ष लिग (इङलिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान) मा समेत नसमेटिए मेसीले तोकिएको फुकुवा रकम(७० करोड युरो) तिर्नु पर्दैन ।
एल मुन्डोले अन्य खेलाडीको लागि पनि यही नियम लागु हुने बताएको छ ।

 

प्रकाशित: २२ पुस २०७४ ००:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App