७ वैशाख २०८१ शुक्रबार
कला

पद्मावतीका कारण ‘प्याडम्यान’ र ‘परी’ निर्माता चिन्तित

मुम्बई – सञ्जयलिला भन्सालीको फिल्म पद्मावतीको प्रदर्शन मितिलाई लिएर अन्य फिल्मका निर्माता चिन्तित बनेका छन्। डिसेम्बरमै प्रदर्शनमा आउनुपर्ने फिल्म विवादका कारण अझै प्रदर्शन हुन सकेको छैन्।

भर्खरै सेन्सर बोर्डबाट परिमार्जनसहित प्रदर्शनको अनुमति पाएको फिल्मले दुई सम्भावित मिति २६ जनवरी र ९ फ्रेबअरी तोक्ने चर्चाले अन्य निर्माताको चिन्ता बढेको हो।

२६ जनवरीमा प्रदर्शनमा आउने ‘प्याडम्यान’ र ९ फेब्रुअरीमा प्रदर्शन हुने ‘परी’ का सहनिर्माता प्रेरणा अरोडाले पद्मावतको नामबाट प्रदर्शनको तयारी गरिरहेको फिल्म ‘पद्मावती’सँग आफूहरुको फिल्म प्रदर्शन गर्नु मुर्खता हुने बताएका छन्।

पद्मावतीको दुई प्रदर्शन मितिको द्वविधामा प्रेरणा परेका छन्। यद्यपी भारतीय सञ्चारमाध्यमले पद्मावतीका निर्देशक र निर्माताले अझैपनि फिल्मको प्रदर्शन मिति नतोकेको दाबी गरेका छन्।

प्रकाशित: २१ पुस २०७४ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App