४ वैशाख २०८१ मंगलबार
राजनीति

विज्ञको सिफारिशमा प्रदेश राजधानी तोक : जनमोर्चा

काठमाडौं – राष्ट्रिय जनमोर्चा नेपालले विज्ञको सिफारिशमा मात्रै प्रदेशको राजधानी तोक्न सरकारलाई सुझाव दिएको छ।

सरकारले अस्थायी राजधानी तोक्दा समस्या आउने, आन्दोलन, बन्दलगायतका गतिविधि हुने भएकाले विज्ञको सुझाव लिएर वैज्ञानिक विधिका आधारमा प्रदेश राजधानी तोक्न जनमोर्चाले आग्रह गरेको हो।

प्रादेशिक राजधानीको प्रश्नलाई लिएर जिल्ला जिल्लामा अशान्तिको वातावरण बनेकामा ध्यानाकर्षण गराउँदै सो पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिनसमेत आग्रह गरेको छ। रासस

प्रकाशित: २१ पुस २०७४ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App