coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जाडोले रौतहटमा थप दुईको मृत्यू

रौतहट- अत्यधिक जाडोले कठांग्रिएर रौतहटमा थप दुईजनाको मृत्यु भएको छ। रौतहट राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ। सर्लाही रामवन घर भएका ५५ बर्षिय नेक महम्मद अलिको इँटा उद्योगमा कठाँग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ। यससँगै रौतहटमा जाडोले कठांग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

गत हप्ता गढीमाई नगरपालिका ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजामको अत्यधिक जाडोका कारण मृत्यु भएको थियो। जाडोले जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि यज्ञविनोद पोखरेलले बताएका छन्।

अत्यधिक जाडो भएपछि जिल्लाको जनजीवन पूर्णतया प्रभावित भएको छ। अत्यधिक जाडोले सरकारी कार्यालयमा सेवाग्राहीको संख्या कम भएको छ भने सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु कम भएका छन्। यसै गरी जिल्लाको व्यापार व्यवसायमा पनि जाडोले प्रभाव पारेको व्यावसायीहरुले बताएका छन्।

प्रकाशित: २१ पुस २०७४ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App