coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनसेल मेला शनिबार बुटवलमा

काठमाडौं – एनसेल मेला २०७४ शनिबार बुटवलको दीपनगरस्थित सिद्घेश्वरी मैदानमा आयोजना हुँदैछ।

आफ्ना ग्राहक तथा शुभचिन्तकसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न मेला आयोजना गरिएको एनसेलले जनाएको छ।

निःशुल्क प्रवेश गर्न पाइने मेलामा गीत संगीतलगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको छ। बिहान ११ बजे सुरु भई कन्सर्टसहित साँझ ६ः३० सम्म चल्ने मेलामा चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समूह कबवेभ र स्याडोजले दर्शकलाई आ–आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्नेछन्।

सबै उमेर समूहका दर्शकलक्षित मेलामा ससाना बालबालिकाको गायन प्रतिभा उजागर गर्न ‘जुनियर सिङ्गिङ आइडल’, ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध कार्यक्रम राखिएको छ।

मेलाको अन्य आकर्षणहरुमा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन्। त्यसैगरी, फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् ।

यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ। थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन्।

प्रकाशित: २१ पुस २०७४ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App