८ वैशाख २०८१ शनिबार
राजनीति

राजधानी माग्दै जुम्लामा राँके जुलुस

कर्णालीमा राजधानी हुनु पर्ने माग सहित जुम्ला खलंगामा निस्केको जुलुस– तस्विर ः डिबी बुढा/नागरिक

जुम्ला- ६ नम्वर प्रदेशको राजधानी कर्णालीमा हुनु पर्ने माग राख्दै जुम्लामा राँके जुलुस निकालिएको छ। पहिलो दिन सदरमुकाम खलंगामा जुलुश निकालेर विरोध प्रर्दशन गरेकोमा दोस्रो दिन राँके जुलुस निकालिएको हो। संघीयताको मर्म भनेकै दुर्गम पिछडिएका क्षेत्रलाई अधिकार प्रत्यायोज गर्ने हो, तर सुविधा सम्पन्न ठाउँमा राजधानी तोक्न लागिएको प्रति आपत्ती जनाउदै जूम्लावासीले आन्दोलन थालेका हुन। टुँडिखेल मैदानको गेटबाट शूरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै अदालत अगाडि गएर सकिएको थियो।

युवा अगुवा अनुप थापाले कर्णालीलाई मुख्यमन्त्री भन्दा पनि राजधानी चाहिएकोमा जोड दिए। 'मुख्यमन्त्रीको कार्यकाल पाँच वर्षको हुन्छ, सिधिन्छ', उनले भने, 'तर कर्णाली राजधानी हुँदा सदावहार परिवर्तन तिर उन्मुख हुन्छ। त्यसैले कर्णालीको जुनसुकै जिल्लामा होला, राजधानी कर्णालीमै तोकिनु पर्छ।'

  नागरिक समाजका अगुवा राजवहादुर महत कर्णालीमा राजधानी हुनु पर्ने मागलाई कर्णालीका पाचवटै जिल्लाले समर्थन गर्नु पर्ने बताउँछन्। उनले भने, यो आन्दोलनको शुरुवात नागरिक समाजले गरेको छ, तर यसको नेतृत्व अब  राजनैतिक दलले लिन जरुरी छ।

राँके जुलुस मार्फत कर्णाली आन्दोलनका लागि तात्तिएको सन्देश प्रवाह गर्न जुम्लामा भिन्दा भिन्दै कार्यक्रम गर्न थालिएको आयोजकले जनाएको छ। कर्णालीको नाम बेचेर अहिले पनि कैयन मान्छेको जीवन परिवर्तन भएको छ, तर कर्णालीको अवस्थामा परिवर्तन नभएको प्रति आपत्ती जनाएका छन। नागरिक समाज जुम्लाले कर्णाली राजधानीका पक्षमा आवाज बुलन्द गर्न कर्णालीवासीलाई आग्रह गरेको छ।

नागरिक समाजका अध्यक्ष महतले राजधानीका नाममा मुख्यमन्त्रीको वार्गेनिङ गर्न नपाईने भन्दै जनता देखि जनप्रतिनिधी सम्म राजधानीका लागि आन्दोलनमा होमिनु पर्ने बताए।

प्रकाशित: २१ पुस २०७४ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App