उच्चशिक्षामा प्रदेश ६ पछाडि

शुक्रबार, २१ पुष २०७४, १५ : ४९ रुवी रौनियार

काठमाडौं- सरकारले स्पष्ट नीति तय गर्न नसक्दा उच्च शिक्षाको सबालमा प्रदेश ६ निकै पछाडि परेको छ ।

विश्वविद्यालय अनुदान आयोगले हालै प्रकाशित गरेको उच्चशिक्षासम्बन्धी व्यवस्थापन सूचना प्रणाली प्रतिवेदन (इएमआइएस) ले प्रदेश ६ मा सबैभन्दा कम उच्च शैक्षिक संस्था रहेको देखाएको छ । यो प्रदेशकमा कुल उच्च शैक्षिक संस्थाको ३.९८ प्रतिशत अर्थात् ५६ वटा मात्र क्याम्पस छन् । सबैभन्दा बढी प्रदेश नम्बर ३ मा ४३.५ प्रतिशत उच्च शिक्षाण संस्था छन् । यस प्रदेशमा ६ सय  १२ उच्च शिक्षण संस्था छन् ।

यस्तै प्रदेश ५ मा १४ प्रतिशत अर्थात् १ सय ९७ क्याम्पस छन् भने प्रदेश १ मा १३.९३ प्रतिशत अर्थात् १ सय ९६ क्याम्पस छन् । प्रदेश २ मा ८.९६ अर्थात् १ सय २६ र प्रदेश ४ मा ६.८२ प्रतिशत अर्थात् जम्मा ९६ वटा कलेज छन् ।

विद्यार्थी संख्याको हिसाबले पनि प्रदेश ६ पछाडि देखिएको छ । सन् २०१५÷१६ मा उच्चशिक्षा अध्ययन गर्न ३ लाख ६१ हजार ७७ विद्यार्थी भर्ना भएकोमा प्रदेश ६ मा ११  हजार १ सय ८८ मात्रै छन् । यो कुल विद्यार्थीको ३.०९ प्रतिशत हो ।


विश्वविद्यालयहरुले नक्सांकनबिना सम्बन्धन दिएका कारण प्रदेश ६ उच्चशिक्षामा निकै पछि परेको आयोगका सदस्यसचिव देवराज अधिकारीले बताए ।  आयोगको प्रतिवेदनअनुसार सन् २०१५÷२०१६ मा देशभरि कुल १ हजार ४ सय ७ उच्च शैक्षिक संस्था सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । यीमध्ये ९८ वटा (६.९७ प्रतिशत) आंगिक, ७ सय ७७ वटा (५५.२२ प्रतिशत) निजी र ५ सय ३२ वटा (३७.८१ प्रतिशत) सामुदायिक कलेज छन् ।

प्रदेश ६ मा कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, दैलेख, मुगु, रुकुम पश्चिम, सल्यान, सुर्खेत र हुम्ला जिल्ला पर्छन् । यीमध्ये अधिकांश विकट छन् ।

‘स्नातकोत्तर र सूचना तथा प्रविधिका सबै विषयको पढाइ प्रदेश ३ अर्थात् काठमाडौं केन्द्रित छ,’ सदस्यसचिव अधिकारीले नागरिकसँग भने, ‘विषयविज्ञ पनि सबै काठमाडौं केन्द्रित छन् । काठमाडौंबाहिर कोही जानै मान्दैनन् । यसकारण प्रदेश नम्बर ६ को उच्चशिक्षाको अवस्था सबै भन्दा कम देखिएको छ ।’

राज्यले यो प्रदेशका नागरिकको उच्च शिक्षामा पहुँच लैजाने स्नातकोत्तर तथा अन्य तहमा समेत समयको मागअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने र लगानीसमेत बढाउनुपर्ने सुझाएका छन् ।

हाल त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि तथा वनविज्ञान, सुदुरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, नेपाल खुला विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय सञ्चालनमा छन् । यस्तै चार वटा विश्वविद्यालयसरह मान्यता पाएका प्रतिष्ठानहरु छन् । तिनमा बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठान, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान पर्छन् ।

भौगोलिक क्षेत्रका आधारमा सबैभन्दा बढी शिक्षण संस्था पहाडी क्षेत्रमा छन् । पहाडी क्षेत्रमा ८ सय ३२ वटा क्याम्पस छन् । यो कुल क्याम्पसको ५९.१३ प्रतिशत हो । यस्तै तराईमा ३५.६७ प्रतिशत अर्थात् ५ सय २ र हिमाली क्षेत्रमा ५.१८ प्रतिशत अर्थात् ७३ वटा मात्र क्याम्पस छन् ।
‘आयोगको प्रतिवेदनले हाम्रो देशमा उच्च शिक्षाको वितरण कुन अवस्थामा रहेको छ भन्ने स्पष्ट देखाइदिएको छ,’ आयोगका योजना तथा कार्यक्रम अधिकृत विनोद भट्टराईले भने, ‘देश संघीय संरचना गइरहेको अवस्थामा कमजोर शैक्षिक अवस्था भएको प्रदेशमा पहुँच बढाउनुपर्छ ।’
विद्यार्थी संख्याको हिसाबले पनि प्रदेश ६ पछाडि देखिएको छ । सन् २०१५÷१६ मा उच्चशिक्षा अध्ययन गर्न ३ लाख ६१ हजार ७७ विद्यार्थी भर्ना भएकोमा प्रदेश ६ मा ११  हजार १ सय ८८ विद्यार्थीमात्रै छन् । यो कुल विद्यार्थीको ३.०९ प्रतिशत हो । यता प्रदेश ३ मा १ लाख ८८ हजार ९ सय ९६ विद्यार्थी भर्ना भएका छन् । यो कुल विद्यार्थीको ५२.३९ प्रतिशत हो ।

प्रदेश ६ को सुर्खेत स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइरालाले  यो प्रदेश राज्यबाट साधन, स्रोतलगायत सबै पक्षमा उपेक्षित भएकाले शिक्षामा पनि पछि परेको सुनाए । ‘यो क्षेत्र प्राकृतिक साधन र स्रोतमा धनी भए पनि प्राविधिक शिक्षामा पछि परेकाले विकासमा पनि पछि परेको छ’, उनले भने । आफू उपकुलपछि भएपछि प्राविधि विषयको पठनपाठन योजना बनाई कार्यान्वयनमा ल्याएको उनले बताए ।
 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad