coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटना रोक्न ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’

नेपालगन्ज– सवारी दुर्घटना न्युनीकरण गर्न बाँकेमा ट्राफिक प्रहरीले जनचेतना मुलक कार्यक्रम चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चिसो मौसममा बाक्लो मात्रामा हुस्सु लाग्दा हुने दुर्घटना रोकथाम गर्न ट्राफिक प्रहरीले ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानलाई ब्यापकता दिएको हो ।

केहीदिनदेखि सञ्चालन भएको अभियानका क्रममा जिल्लाभरि एक हजार बढी ट्याक्टरका ट्रलीमा रिफ्लेक्टर स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक होमबहादुर थापाले जानकारी दिए । ‘बाक्लो हुस्सु लागेको बेला जथाभाबी रोक्ने हुँदा ट्रयाक्टरमा अनिवार्य रिफ्लेक्टर स्टिकर राख्न लगाएका छौं, धेरैजसो ट्याक्टरले स्टिकर टाँसेका छन्,’ उनले नागरिकसँग भने ।
ट्राफिक प्रहरीका अनुसार चिसो मौसममा हुने अधिकांश दुर्घटना ट्याक्टरकै कारण हुने गर्छन् ।
 ट्याक्टरको ट्रलीमा रिफ्लेक्टर स्टिकर टाँसेपछि पछाडिबाट आउने अन्य सवारी साधनका चालकले सजिलैसँग देख्न सक्ने भएकाले दुर्घटना हुन पाउँदैन । जनचेतना मुलक कार्यक्रमबाट सवारी साधनमा आरक्षण सिट भए÷नभएको, लामो दूरीका सवारी साधनमा दुई चालक राखे÷नराखेको, मापसे तथा सवारी साधनको गति, अनटेस्ट मोटरसाइकल लगायतलाई चेकजाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
 ‘जसले ट्राफिक नियम विपरितको काम गरेको छ, ती सवारी साधनको चालकसँग दुई मिनेट समय लिएर सम्झाउने गरेका छौं,’ थापाले भने । अभियानका क्रममा सर्वसाधारणलाई जेब्रा क्रसिङको प्रयोगबारे पनि जानकारी दिइएको उनले बताए ।

प्रकाशित: २१ पुस २०७४ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App