८ वैशाख २०८१ शनिबार
अर्थ

बाजेको सेकुवा अब न्युयोर्कमा

काठमाडौं- नेपालको लोकप्रिय सेकुवा ब्राण्ड बाजेको सेकुवा अमेरिकाको न्युयोर्कमा खुल्ने भएको छ। बाजेको सेकुवाका अध्यक्ष  चेतन भण्डारीका अनुसार न्युयोर्कमा रहेको नेपाली व्यवसायिक समूहसँग क्षेत्रीय फ्रेञ्चाइज सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

यस व्यवसायिक समूहमा दीपक भण्डारी, पदम गुरुङ, सुरेन्द्र रायमाझी, केदार प्रसाद श्रेष्ठ, मेहेश बहादुर भट्टराई र गणेश लम्साललगायत छन्।

हाल नेपालमा १३ वटा शाखा रहेको बाजेको सेकुवाको अन्तर्राष्ट्रिय स्तरमा यो पहिलो शाखा हुनेछ। आउँदो ६ वर्षभित्र अमेरिकामा थप ७ वटा शाखाहरु खोल्ने योजना रहेको बताइएको छ।

बाजेको सेकुवाले अमेरिकाबाहेक कतार, बेलायत र अष्ट्रेलियामा पनि आफ्नो शाखाहरु विस्तार गर्ने जनाएको छ।

प्रकाशित: २१ पुस २०७४ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App