७ वैशाख २०८१ शुक्रबार
समाज

पिकअपबाट खसेर एकको मृत्यु

तेह्रथुम – तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन्। बिहीबार राति ९ः३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । पिकअप र चालक संखुवासभाको स्यावुन–८ घर भई हाल धनकुटा–७ बस्ने ४७ वर्षीय गयराम श्रेष्ठलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २१ पुस २०७४ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App