८ वैशाख २०८१ शनिबार
समाज

काभ्रेमा गुण्डागर्दी गर्ने लामा जाउलाखेलबाट पक्राउ

बनेपा—प्रहरीले काभ्रेपलाञ्चोकको भीमखोरी गाविस–२ निवासी २८ वर्षीय निमा लामालाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरेको छ।

अवैध रकम असुली गरेको र गुण्डागर्दीमा संलग्न भएको आशङ्कामा लामो समयपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ। उनीसँगै रहेका अन्य साता जना फरार रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २५ श्रावण २०७३ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App