७ वैशाख २०८१ शुक्रबार
राजनीति

भूमिसुधार मन्त्रीले भने–राजा ल्याउन मन्त्री पद पनि छाड्न तयार छु

भूमि सुधारमन्त्री रामकुमार सुब्बा।

काठमाडौं–भूमि सुधार मन्त्री रामकुमार सुब्बाले मुलुकको राष्ट्रिय एकताकालागि राजसंस्था अपरिहार्य रहेकोले राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न तयार रहेको बताएका छन्। मुलुकमा गणतन्त्र स्थापना भएको सात वर्ष पूरा भइसकेको अवस्थामा सरकारका मन्त्रीले नै राजा ल्याउन आफू मन्त्री पद त्याग गर्न तयार रहेको बताएका हुन्।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री सुब्बाले मन्त्री पद भन्दा आफ्नालागि राजसंस्थाको विचार ठूलो भएको बताए। प्रधानमन्त्रीलगायतका निकायबाट आफ्नो विचार कुण्ठित गर्ने प्रयास भए हाँसी हाँसी मन्त्रीपद त्याग गर्न तयार रहेको उनले जनाए।
मन्त्री सुब्बाले गणतान्त्रिक संविधानको सपथ खाएर मन्त्री भएकोले यस्तो विचार राख्दा प्रश्न उठ्नु स्वभाविक भएपनि संविधान निर्माणमै आफूहरुले यो विषयमा फरक मत राखेको र संविधानले नै विचारको स्वतन्त्रता दिएकोले आफू यस्तो अभिब्यक्ति दिन स्वतन्त्र रहेको दाबी गर्दै राष्ट्रिय एकताकालागि सर्वस्विकार्य नेतृत्वको रुपमा राजसंस्था अपरिहार्य रहेको तर्क गरे।
‘राजा, देश र अनेकतामा एकता नेपालको विशेषता हो,’ उनले भने, ‘यसमा हामी अलमलमा छैनौं। नेपालमा संवैधानिक राजसंस्था, सापेक्ष हिन्दु राष्ट्र र संघीयताको ठाँउमा शक्तिशाली स्वायत्त शासन हुनुपर्छ।’
मन्त्री सुब्बाले मुलुकमा नेतृत्वकै कारणले समस्या आएकोले सबैलाई सर्वस्विकार्य नेतृत्वकालागि राजा ल्याउनै पर्ने तर्कगर्दै मुलुकलाई निकास दिन राजा ल्याउनै पर्ने अपरिहार्यता भइसकेको दाबी गरे। त्यसकालागि राप्रपा नेपाल जस्तो सुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको उनको भनाइ थियो।

प्रकाशित: ६ असार २०७३ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App