दुवईमा सिल्भर स्पुनको दोस्रो शाखा

शुक्रबार, २६ चैत २०७२, १३ : १५ नागरिक

युएई- कुनै बेला रोजगार गन्तव्य ठानिने युएईमा व्यवसाय गर्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। यसै परिप्रेक्ष्यमा युएईको नेपाली समुदायमा सफल महिला व्यवसायीको रुपमा परिचित दीपा पाण्डेले सिल्भुर स्पुन क्याफ्टेरियाको दोस्रो शाखा सञ्चालनमा ल्याएकी छन्। 

पाण्डे दुवैको वरदुबई स्थित सिल्भर स्पुन रेस्टुरेन्टकी पनि सञ्चालक हुन्। साेही ब्रान्डलाई विस्तार गर्दै उनले फुजेरामा अर्को रेष्टुराँ सुरु गरेकी हुन्। युएईको फुजेरामा सञ्चालनमा अाएको सिल्भर स्पुन क्याफ्टेरियाको औपचारिक रुपमा शुक्रबार उद्‌घाटन गरिएको छ। फुजेराको सिकमकम क्षेत्रमा रहेको उक्त क्याफ्टेरियाको उद्‌घाटन नेपाल बिज्नेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, फिस्टेल ट्राभलकी सञ्चालिका शमोती राई र समाजसेवी डीएल शर्माले संयुक्त रुपमा गरे।

उद्‌घाटन कार्यक्रममा उपस्थितहरुले पाण्डेलाई सफल व्यवसायिक यात्राका लागि शुभकामना दिएका थिए। सो क्षेत्रमा रहेका अन्य भारतीय, पाकिस्तानी, बंगलादेशी तथा फिलिपिन्स ग्राहकहरुलाई पनि लक्षित गरी उक्त क्याफ्टेरिया खोलिएको व्यावसायी दिपा पाण्डेले बताइन्। क्याफ्टेरियामा मःमः,चाउमिन, परौठा, बर्गर, फ्रेन्चफ्राइ लगायत ग्राहकको चाहना बमोजिमको खाना पाइने जानकारी उनले दिइन्।







यसमा तपाईको मत

अन्य समाचार

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

Ncell Footer Ad