coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सञ्जिता ‘मिस टिन कन्टेस्ट’

काठमाडौं– किशोरीहरुको व्यक्तित्व विकासका लागि भएको दोस्रो संस्करणको ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८’को  उपाधि सञ्जिता पाठकले जितेकी छन् । गत बुधबार राजधानीमा आयोजित प्रतियोगितामा आफ्ना १६ प्रतिस्पर्धीलाई पछि उनले ताजसहित विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर र ७५ हजारको विभिन्न सिप प्रशिक्षण अवसर पाइन् ।

रयाम्प जोन इन्टरप्राईजेजले आयोजना गरेको प्रतियोगितामा अनिषा लामा ‘फस्ट रनरअप’, साधना खड्का ‘सेकेन्ड रनरअप’ र स्वस्तिका रेग्मी ‘थर्ड रनरअप’ बने । प्रतियोगितामा समिक्षा तामाङ ‘मस्ट व्युटिफुल’, स्वस्तिका रेग्मी ‘बेस्ट स्किन’, रिना लामा ‘मस्ट चार्मिङ’, पुजा आचार्य ‘बेस्ट क्याटवाक’, सुभेच्छा राई ‘भिवर्स च्वाईस’ र प्रविणा शाही ‘मस्ट ट्यालेन्ट’, निरुता चौधरी ‘मिस पोजिटिभ एटिच्युट’, अलिसा स्याङतान ‘वेस्ट फिटनेश’, सञ्जिना उप्रेती ‘मस्ट फ्रेन्डली’ र ‘मस्ट एक्टिभ’, शुभेच्छा राई ‘मिस कन्जियानिलिटी’, आस्मा अर्याल ‘वेस्ट स्माईल’, वर्षा कोइराला ‘वेस्ट पर्सनालिटी’ र दीपिका खड्का ‘मस्ट पपुलर’ बने ।

आयोजक रमी श्रेष्ठले किशोरीको व्यक्तित्व विकासका लागि दुई वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको बताइन् । अश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगितामा नायक गजित बिष्ट, नविन लम्साल, नायिका एवं निर्मात्री रोशनी केसी, ‘मिसेस नेपाल ग्रान्ड’ वन्दना विष्ट, संस्कृतिविद मोदनाथ खनाल र पत्रकार डब्बु क्षत्री निर्णायक थिए ।

 

प्रकाशित: २१ पुस २०७४ ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App