coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको परमाणु बम विस्कुट र फुटबलभित्र

 न्युयोर्क – पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच वाकयुद्ध चलिरहेको छ। दुबै नेता एकअर्कालाई परमाणु बटम थिचेर आणविक हमलाको धम्की दिइरहेका छन्। 

किम जोंग उनलाई जवाफ दिने क्रममा ट्रम्पले ट्वीटरमार्फत आफूसँग झन ठूलो र शक्तिशाली परमाणु बटन रहेको बताएका थिए। यस्तो बयानपछि के ट्रम्पसँग साँच्चिकै परमाणु बटन छ त, ट्रम्पले बटन थिच्नेबित्तिकै परमाणु बम लञ्च हुन्छ त भन्ने प्रश्न उब्जिएको छ।

तर, अमेरिकाको हकमा भने ट्रम्पले भनेजस्तो बटन थिच्दैमा परमाणु बम लञ्च हुँदैन्। यसको प्रक्रिया लामो र जटिल छ। रोचक कुरा त के छ भने अमेरिकामा बटनभन्दा पनि विस्कुट र फुटबलजस्ता वस्तु राष्ट्रपतिसँग हुन्छ। 

यद्यपी ‘न्युकिलियर बटन’ थिच्दैमा ट्रम्पले परमाणु हतियार छोड्न सक्दैनन्।

के छ त ट्रम्पसँग ? 

गत वर्षको २० जनवरीमा ट्रम्पको सपथ ग्रहण समारोहमा पूर्व राष्ट्रपति बराक ओबामासँग सेनाका एक अधिकारी लेदर व्रिफकेससहित उपस्थित थिए। सपथ लिएलगत्तै उनी आफ्नो व्रिफकेससहित ट्रम्पको नजिक गए। 

उक्त व्रिफकेसलाई न्युक्लियर फुटबल भनिन्छ। परमाणु हतियारलाई फायर गर्नका लागि यो फुटबलको आवश्यकता पर्छ। यो न्युक्लियर फुटबल हरसमय राष्ट्रपतिसँगै रहन्छ। 

यो फुटबलभित्र न त कुनै बटन छ न कुनै घडी। यो भित्र त कम्युनिकेशन टूल्स र केही कागजपत्र हुन्छन् जसमा युद्धको तयारीबारे योजना उल्लेख गरिएको हुन्छ। यी योजनाको सहयोगमा राष्ट्रपतिले तत्काल कुनै फैसला लिन सक्छन्।

यस्तै, अमेरिकी राष्ट्रपतिसँग विस्कुट पनि साथमै हुन्छ। विस्कुट एउटा कार्ड हो जसमा केही कोडहरु हुन्छन्। अमेरिकी राष्ट्रपति यो कोड सधै आफूसँगै राख्छन्। यो फुटबलभन्दा फरक हुन्छ। 

यदि राष्ट्रपतिले परमाणु हमलाको आदेश दिनुपर्यो भने यिनै कोडको प्रयोग गरेर सेनासँग सम्पर्क गर्छन्। 

अमेरिकामा राष्ट्रपतिले मात्रै परमाणु हतियार लञ्च गर्न सक्छन्। तर, उत्तर कोरियाली नेता किम जोंग उनजस्तो बटन थिचेर होइन विस्कुटको कोडमार्फत जोइन्ट चीफ अफ स्टाफका प्रमुखसँग सम्पर्क गरी आदेश दिन्छन्। जोइन्ट चीफ अफ स्टाफका प्रमुख अमेरिकी सेनाको सबैभन्दा ठूला अधिकारी हुन्छन्।

त्यसपछि राष्ट्रपतिको आदेश नेब्रास्काको अफ्ट एयरबसमा रहेको स्ट्रैटजिक कमाण्डको मुख्यालयमा पुग्छ। त्यहाँबाट आदेशलाई ग्राउण्ड टिमलाई पठाइन्छ। यो टिम समुद्र वा पानीभित्र पनि हुनसक्छ।

परमाणु हतियार फायर गर्ने आदेश कोडमार्फत दिइन्छ। यो कोड परमाणु हतियार फायर गर्ने सैनिक टिमसँग रहेको कोडसँग मिल्नुपर्छ। बिबिसीबाट

प्रकाशित: २० पुस २०७४ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App