coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माेटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मलेखु (धादिङ)-पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको आज मृत्यु भएको छ ।


काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा७३प ८६९२ नंको मोटरसाइकललाई काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७२७८ नंको माइक्रोबसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जा घर भएका २४ वर्षीय सोनम केसीको घटनास्थलमा नै मृत्यु भएको तथा मोटरसाइकलको पछाडि बसेका गुल्मीका २५ वर्षीय विकास अर्यालकोे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २५ श्रावण २०७३ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App