coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यौन उत्तेजना फैलाएको भन्दै पप गायिका पक्राउ

इजिप्ट – म्युजिक भिडियोमार्फत अश्लीलता फैलाएको भन्दै इजिप्टमा एक गायिकालाई प्रहरीले पक्राउ गरेको छ ।

विवादित म्युजिक भिडियोबाट दुर्व्यहारका  लागि उक्साएको’ आरोपमा लैला एमर नामकी पप गायिकालाई इजिप्टका अधिकारीले गिरफ्तार गरेका हुन्। 

लैलाले अनलाइनमा असभ्य म्युजिक भिडियो सार्वजनिक गरेपछि उक्त भिडियोबाट अपमानित महसुस गर्दै कायरावासीले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि ‘लुक एट योर मदर’ नामक भिडियोमा लैलाको नृत्य हेरिसकेपछि अश्लीलता फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मुस्लिम देशमा यो भिडियोले समाजलाई नै नकारात्मक असर पारेको र यो देशकै लागि खतरा भएको अधिवक्ता अहमद माहरनले बताएका छन्। यो भिडियोलाई नैतिक दुर्घटना र इजिप्टका लागि जोखिम भन्दै उनले भनेका छन्– ‘समाजमा यौन दुर्व्यहारका लागि यसले प्रोत्साहित गर्छ।’

इजिप्टमा यसअघि श्यामा नामक पप स्टारलाई म्युजिक भिडियोमा कामुकता देखाएर यौन उत्तेजना फैलाएको भन्दै २ वर्षको जेल सजायँ सुनाइएको थियो ।

मुस्लिम देश इजिप्टमा अश्लीलता फैलाउने कार्यमा प्रतिबन्ध लगाइएको छ। 

प्रकाशित: २० पुस २०७४ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App