coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अस्थायी केन्द्र तोक्दैमा धेरै टेन्सन नलिउँ: अध्यक्ष दाहाल

चितवन – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रदेशको अस्थायी केन्द्र तोक्दैमा धेरै तनावमा कोही बस्न नपर्ने बताएका छन् । माओवादी केन्द्र र एमाले निकटका दुई पत्रकार संगठनले बिहीबार भरतपुरमा राखेको पत्रकार सम्मेलनमा दाहालले भने ‘अहिले सरकारले तोकेपछि त्यही नै अन्तिम हुने होइन । प्रदेश सभाको बैठकले आवश्यकता अनुसार निर्णय लिन्छ ।’

प्रदेश सभा गठनलाई सजिलो बनाउन अस्थायी रुपमा प्रदेशका केन्द्रहरू तोकिन थालेको विषयलाई धेरै गम्भीर रुपमा नलिन दाहालले आग्रह गरे । सरकारले तोकेमा पछि परिवर्तन नै गरिहाल्छौं भन्ने मनसायमा आफूहरू नभएको उनले बताए । ‘अध्ययन गर्नका लागि पहिला म प्रधानमन्त्री भएकै बेलामा काम सुरु भएको थियो । त्यसैको रिपोर्टका आधारमा बनाएर ठिकै गरेको भए फेर्न पर्छ भन्ने छैन’ दाहालले भने ।

प्रदेश केन्द्रहरूका बारेमा पार्टीहरूले निर्णय गर्नेभन्दा पनि प्रदेश सभाकै अधिकार क्षेत्रभित्र पर्ने भएका कारण निर्णय लिन प्रदेश सभा स्वतन्त्र रहेको दाहालले बताए। एमाले अध्यक्ष केपी ओली बिसञ्चो भएका कारण दुई तीन दिनयता छलफल हुन नसकेको दाहालले बताए । छलफल सकारात्मक रुपमा गएका कारण सरकार गठन पहिल्यै पार्टी एकता टुङ्ग्याउने आफूहरूको जोड रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै सरकार गठन हुने उनले बताए। 

प्रकाशित: २० पुस २०७४ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App