coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हामी पाकिस्तानको साथमा छौं : चीन

इस्लामावाद –आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि चीनले आफू पाकिस्तानको साथमा रहेको बताएको छ। 

पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका प्रवक्ता लिजिएन जिआओले ट्वीटमार्फत चीन सधै पाकिस्तानको साथमा रहेको र सहयोग जारी राख्ने बताए। उनले भनेका छन्– ‘पाकिस्तानले चरमपन्थीको सामना गर्न कैयौं प्रयास र योगदान गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा चरमपन्थीविरोधी गतिविधीमा पनि पाकिस्तानले महत्वपूर्ण योगदान दिएको छ र अन्तर्राष्ट्रिय समुदायले यसको जानकारी लिनु जरुरी छ।’

प्रवक्ता जिआओले चरमपन्थीविरुद्धको लडाईंमा सहयोगका लागि चीन पाकिस्तान र अन्य देशको स्वागत गर्ने र अन्य क्षेत्रको सुरक्षा र स्थिरताको पनि सम्मान गर्नुपर्ने बताए।

पाकिस्तान आफ्नो देशको रणनीति साझेदार रहेको भन्दै उनले चीन विभिन्न क्षेत्रमा पाकिस्तानलाई सहयोग बढाउन तयार रहेको बताए।

ट्रम्पले मंगलबार विगत डेढ दशकदेखि पाकिस्तानलाई दिइँदै आएको सहयोगलाई मुर्खतापूर्ण निर्णय भनेका थिए भने अमेरिकी प्रशासनले पाकिस्तानले पाउँदै आएको १६२१ करोड रुपैयाँको आर्थिक सहयोग रोक्ने बताएको थियो। 

प्रकाशित: २० पुस २०७४ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App