५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

सिरियामा दुई रुसी सैनिक मारिए

मस्को- सिरियामा नयाँ बर्षको पूर्व सन्ध्यामा इस्लामिक स्टेटका ९ आइएस आतङ्ककारी समूहले गरेको मोर्टार आक्रमणमा परी दुई जना रुसी सैनिक मारिएका छन् ।

रुसको रक्षा मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार इस्लामिक स्टेटले गरेको यो हिंसात्मक हमलामा परी ती सैनिक मारिएका जनाइएको छ ।

तर आतङ्ककारीको आक्रमणमा परी सातवटा सैनिक विमान ध्वस्त भएको भन्ने सञ्चारमाध्यमको यस अघिको समाचारको भने रक्षा मन्त्रालयले खण्डन गरेको छ ।

आतङ्ककारीहरुले गरेको आक्रमणमा परी ती रुसी सैनिकको मृत्यु भएको र अरु केही घाइते भएका पनि सो समाचारमा जनाइएको छ ।

एक दैनिक पत्रिकाले आतङ्ककारीको आक्रमणमा सातवटा रुसी सैनिक विमान पनि ध्वस्त भएको समाचार सार्वजनिक गरेको थियो ।

तर सो समाचार सत्य नरहेको पनि रुसी रक्षा मन्त्रालयले जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र सो गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र आइएस हाबी हुदै गएको छ ।

यस कारबाहीमा परी सो समयदेखि हालसम्म ४ लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । लाखाैँ व्यक्ति घाइते भएका छन् भने अरु लाखाँजनौ देशभित्र र छिमेकी देशमा विस्थापित भएका छन् । रासस
 

प्रकाशित: २० पुस २०७४ १०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App