७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

मस्को – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच विकास, साझेदारी र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
बुधबार भएको टेलिफोन कुराकानीमा जारी विभिन्न अन्तर्राष्ट्रिय मुद्धाको बिषयमा छलफल भएको समाचारमा जनाइएको छ। 

क्रेमलिनका अनुसार राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच बुधबार सो वार्ता भएको थियो । बुधबार रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेका थिए। 

दुई नेताले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुकासाथै दुई देशको विकासको साझेदारिताको प्रतिवद्धता र रुस र भारतबीचको विशेषगरी सामरिक साझेदारीको विषयमा आगामी दिनमा पनि यसैगरी उच्चस्तरीय वार्तालाई निरन्तरता दिने बारेमा पनि सहमति भएको बताइएको छ। 

राष्ट्रपति पुटिनले गत डिसेम्बर ३० मा पनि प्रधानमन्त्री मोदी र भारतीय राष्ट्रपति राम नाथ कोबिन्दलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए। 

क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा इन्डो–रसिया सम्बन्धको ७० वर्ष पूरा भएको बताइएको छ। यी दुई देशबीच विगतलेखि नै द्विपक्षीय लगानीका साथै विकासका कार्यहरुमा साझेदारी हुदै आएको छ। 

प्रकाशित: २० पुस २०७४ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App