८ वैशाख २०८१ शनिबार
समाज

मूल्यवृद्धि फिर्ताको मागसहित आयल निगमलाई विद्यार्थीको ज्ञापन पत्र

काठमाडौं- पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोध गर्दै एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले नेपाल आयल निगममा धर्ना दिएाक छन्। उनीहरुले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्।

मूल्यवृद्धि आमजनताको ढाढसेक्ने काम गरेको भन्दै तत्काल फिर्ता गर्नुपर्ने माग उनीहरुको छ। आयल निगममा पारदर्शिता नभएको भन्दै मूल्यवृद्धिभन्दा पनि पारदर्शिता अपनाउन विद्यार्थी नेताहरुले ज्ञापन पत्रमा उल्लेख गरेको छ।

यसअघि उनीहरुले त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम गर्दै आएका छन्।

प्रकाशित: २० पुस २०७४ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App