coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजधानी माग गर्दै धनकुटामा दोस्रो दिन पनि बन्द

धनकुटा– प्रदेस नं. १ को राजधानी धनकुटालाई घोषणा गर्न माग गर्दै जिल्लाबासीले बुधबारदेखि सुरु गरेको आमहड्ताल आज दोस्रो दिन पनि जारी छ । धनकुटाको जिरोप्वइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै ढुकेर यातायात र बजार बन्द गराएका छन् ।
बुधबार दिनभरि रोकिएका सवारी साधानलाई गन्तब्य पुग्नको लागि साँझ यातायात खुल्ला गरेपनि बिहीबार बिहानैदेखि यातायात बन्द छन् । बजारमा बिरामी बोक्ने एम्बुलेन्स, सुरक्षा निकाय, पत्रकार विद्यालय र दुध बोक्ने गाडीलाई भने चल्न दिइएका छ ।
आन्दोलनकारीले बुधबार दुईवटा सरकारी, एक वटा संस्थानको र एकवटा निजी गाडी तोडफोड गरेका थिए । गाडी तोडफोडमा संलग्न भएको आरोपमा आन्दोलनमा संलग्न सुमन कटुवाललाई प्रहरीले पक्राउ गरेको थियो ।
आन्दोलनकारीहरुले बजारमा माइकिङ गरेर बजार र यातायात बन्द गराएका हुन् । धेरै पसल स्वस्फूर्त रूपमा आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् भने केही पसल आन्दोलनकारीले बन्द गराएका छन् ।

 

प्रकाशित: २० पुस २०७४ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App