८ वैशाख २०८१ शनिबार
समाज

वीरमा भित्रिँदै आधुनिक उपकरण

काठमाडौं- राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी, टाउकाको शल्यक्रिया गर्ने सिटीस्क्यान, पिसाबथैलीको उपचारका लागि प्रयोग हुने इबुस लगायतका अत्याधुनिक परीक्षण मेसिन भित्र्याउने भएको छ ।

‘यति धेरै मूल्यका उपकरण एकैपटक खरिद भएको वीर अस्पतालको इतिहासमा पहिलो पटक हो,’ राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्राध्यापक डा. गणेश गुरुङले भने । खरिद भएका उपकरणमध्ये सबैभन्दा महंगो क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी मेसिन हो । जुन नेपालमै पहिलो पटक वीर अस्पतालमा आउँदैछ ।
‘इमेज गाइडर सिस्टम’ नामको यो रेडियोथेरापी उकपरण ३९ करोड ९० लाख रुपैयाँमा खरिद गरिएको हो । अत्याधुनिक यस उपकरणले क्यान्सर पीडित बिरामीको उपचारका क्रममा क्यान्सर लागेको ठाउँमा मात्र रेडियोथेरापी दिन मिल्छ । अस्पतालमा पुरानो रेडियोथेरापी मेसिन दुई वर्ष अघिदेखि बिग्रेपछि नयाँ ल्याउने निर्णय भएको उपकुलपति गुरुङले बताए ।
त्यस्तै अस्पतलले टाउकाको शल्यक्रिया गर्ने इन्ट्राअपरेटिभ सिटी मेसिन पनि ल्याएको छ । यसमा सानोभन्दा सानो ट्युमरलाई प्वाल पारेर फोटो हेर्दै शल्यक्रिया गर्न मिल्ने सुविधा छ । यस मेसिन २० करोड ४९ लाखमा खरिद गरिएको हो ।
त्यस्तै, पिसाब थैलीको शल्यक्रियामा प्रयोग हुने ‘वान ट्वान्टी ह्याल्मुनियम लेजर’ उपकरण २ करोड ९० लाखमा खरिद गरिएको हो । त्यसै, शल्यक्रिया गर्दा रगत बगेमा रोक्ने ‘थण्डर विट’ उपकरण पनि ७० लाखमा खरिद गरिएको छ भने फोक्सोभित्रको कुनै पनि घाउ या अवस्था हेर्ने ‘इबुश’ नामक उपकरण पनि २ करोड ९३ लाखमा खरिद गरेको छ ।
फोक्सोकै कार्यक्षमता मापन गर्ने उपकरण ‘ब्रोनोस्कोपी’ र ‘डिएलसिओ’ पनि खरिद गरिएको छ । जसले फोक्सोले कति कार्बन फाल्न सक्छ भन्ने क्षमता थाहा पाउन यो उपकरणको प्रयोग हुन्छ । यसको मूल्य ३ करोड ९ लाख ७७ हजार हो । त्यस्तै, न्युरो इण्डोस्कोपी २ करोड ५० लाखमा खरिद गरिएको छ ।
१ अर्ब ३८ अर्ब रुपैयाँको बजेट पारित भएकोमा केही सामग्री रद्ध भइ १ अर्ब २५ करोडको उपकरण खरिद भएको हो । ‘सबै टेण्डर भइसकेका छन्, धेरैजसो आइसकेका छन्, आउन बाँकी चैतभित्रै आइसक्छन्,’ अस्पताल खरिद इकाइ समितिकी प्रमुख भगवती थपलियाले भनिन् ।
अस्पतालले टेण्डर प्रक्रियाबाट खरिद गरेका यी उपकरणहरु अस्पतालको इतिहासमै पहिलो पटक खरिद भएको हो । यो भन्दा अघिका वर्षमा दश÷पन्ध्र करोड भन्दा बढी मूल्यका उपकरण खरिद भएको इतिहास नभएको अस्पतालकै अधिकारी स्वीकार्छन् । ‘यस अघिका वर्षमा यति धेरै उपकरण एकै वर्षमा किनेको थिएन,’ खरिद इकाइ प्रमुख थपलियाले भनिन् ।
यी महंगा र आधुनिक उपकरणसहित अस्पतालले यो वर्ष आइसियुको लागि २० वटा विद्युत्तीय रिमोट कन्ट्रोल बेड पनि खरिद गरेको छ । जसको प्रतिबेड २ लाख ५० हजार रुपैयाँ परेको जनाइएको छ । त्यसैगरी क्यान्सरको प्यालियटिभ केयर वार्डमा २० वटा विशेष बेड किनेको छ भने १ सय वटा साधरण बेड खरिद गरेको छ ।

नयाँ उपकरण भित्रिएसँगै वीर अस्पतालको उपचार सेवा गुणस्तरीय बन्ने र दक्ष विशेषज्ञ चिकित्सक उत्पादनमा टेवा पुग्ने उपकुलपति गुरुङले जनाए । ‘मुख्य त बिरामीलाई कुनै जाँच गर्न अर्को ठाउँ पठाउनु परेन, यसले राम्रो र सस्तो उपचार हुने निश्चित छ,’ डा.गुरुङले भने ।
बिरामीको चाप बढी भएकाले उपकरणको पर्याप्तता अनुसार छिटो सेवा दिने काम भने अहिले पनि चुनौतीकै विषय बनेको उपकुपति गुरुङले औंल्याए । उनका अनुसार भूकम्पले भवन भत्काएपछि शैड्ढयाको अभाव हुनु, अहिले पनि सीमित अपे्रशन थिएटर हुनु, जिल्ला तहमै उपचार हुने बिरामी पनि वीरमा आइपुग्दा सेवा प्रवाहमा समस्या आएको हो । ‘नयाँ भवन बनेपछि मात्र हामीले छिटो र राम्रो सेवा दिन सक्छौं,’ गुरुङले भने । अस्पतालमा हाल जम्मा साधरण र विशिष्ट गरी १२ वटा अपे्रशन थिएटर छन् । औसत दैनिक २५ सयदेखि ३ हजार बिरामी उपचारका लागि आउँछन् ।

प्रकाशित: २० पुस २०७४ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App