७ वैशाख २०८१ शुक्रबार
समाज

कलैया उपमहानगरपालिकाद्वारा आगो ताप्‍ने व्यवस्था

बारा- कलैया उपमहानगरपालिकाले चिसोबाट सर्वसाधारणलाई बचाउनको लागि नगरको बिभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरेको छ । केही दिन देखि एक्कासी बढेको चिसोले गर्दा जनजीवन कष्टकर भए पछि नगरवासीलाई राहत दिनको लागि आगोको व्यवस्था गरीएको कलैया उपमहानगरपालिले जनाएको छ ।

कलैया उपमहागरपालिकाका प्रमुख राजेश राय यादव र वडा अध्यक्ष बिक्रम यादवले सर्वसाधारणहरुलाई चिसोबाट बनाउनको लागि बिहिबार बिहानै नगर क्षेत्रको बिभिन्न स्थानमा आगोको व्यवस्था गरेका छन्।

कलैया अस्पताल, भरत चौक, अमृता अनाथालय, बस पार्क लगाएतको सार्वजनिक स्थानहरुमा सर्वसाधारणहरुलाई चिसोबाट बचाउनको लागि  आगोको व्यवस्था गरिएको नगर प्रमुख राजेश राय यादवले बताएका छन् ।

जिल्लाको सदरमुकाम समेत रहेको कलैयाको विभिन्न सरकारी कार्यालयहरुमा सेवा लिन आउने सेवाग्रहीहरुलाई समेत चिसोबाट बचाउनको लागि नगरपालिकाले आगोको व्यवस्था गर्दे आएको नगर प्रमुख यादवले बताए ।

जिल्ला वन पैदावार अापुती समितिबाट दाउराहरु .खरिद गरी आगोको व्यवस्था गरीएको उनले बताए । प्रमुख यादवले चिसोमा आगोको व्यवस्था गर्नको लागि २७ वटै वडा अध्यक्षहरुलाई निर्देशन दिएको बताए ।

नगरपालिकाबाट निर्देशन पाए पछि सवै वडा अध्यक्षहरुले समेत दाउरा खरिद गरी वडावासीहरुलाई आगो ताप्ने  व्यवस्था गर्न कार्य समेत शुरु गरेको उनले बताए।

प्रकाशित: २० पुस २०७४ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App