coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले डलरको साटो युआन प्रयोग गर्ने

इस्लामाबाद – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अमेरिकालाई धोका दिएको भन्दै सहयोग रोक्ने धम्की दिए लगतै पाकिस्तान सरकारले डलरको साटो युआन प्रयोग गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंककारीहरूलाई आश्रय दिएर अमेरिकालाई धोका दिएको  भन्दै पाकिस्तानलाई अमेरिकाले गर्दै आएको सहयोग रोक्ने धम्की दिएका थिए ।

पाकिस्तानको केन्द्रीय बैंकले चीनसँगको व्यापारका लागि चिनियाँ मुद्रा युआन प्रयोग गर्ने निर्णय गरेको हो ।
पाकिस्तान र चीनले अमेरिकी डलर विस्थापन गर्नका लागि चिनियाँ मुद्रा युआन प्रयोग गर्ने निर्णय गरेका हुन् । चिनियाँ युआन पाकिस्तानमा व्यापारिक प्रयोजनका लागी स्वीकृत प्राप्त विदेशी मुद्रा हो ।

चिनियाँ  युआन व्यापार विनिमयका लागि स्वीकृत प्राप्त मुद्रा भएको भन्दै पाकिस्तानको केन्द्रीय बैंकले एक प्रेस विज्ञप्ती निकालेको छ । बैंकले लगानी तथा विनिमयका क्षेत्रमा चिनियाँ युआन प्रयोग गर्नका लागि नियमावली बनाइसकेको जानकारी दिएको छ ।

चीनले पाकिस्तानमा सन् २०३० सम्ममा करिब ६० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता समेत गरेको छ ।

 

प्रकाशित: २० पुस २०७४ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App