coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चेल्सीले दोस्रो स्थानमा उक्लिने मौका गुमायो

लन्डन- इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो।

अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सी बराबरीमा चित्त बुझाउन बाध्य भयो। खेलमा अग्रता भने आर्सनलले लिएको थियो। आर्सनलका लागि ६३औं मिनेटमा ज्याक विलशरले गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए। खेलको ६७औं मिनेटमा इडन हजार्डले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

८४औं मिनेटमा मार्कस अलन्सोले गोल गरेपछि चेल्सी २–१ को अग्रता लिन सफल भएको थियो। तर दोस्रो हाफको इन्जुरी समयमा आर्सनलका हेक्टर बेलेरिनले गोल गरेपछि चेल्सी महत्वपूर्ण ३ अंक जोडन असफल रह्यो।

बराबरी पछि तेस्रो स्थानको चेल्सीको २२ खेलबाट ४६ अंक छ। चेल्सी विजयी भएको भए म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा आउने थियो। बराबरी पछि आर्सनलले पनि पाँचौं स्थानमा उक्लिने अवसर खेर फालेको छ।

प्रकाशित: २० पुस २०७४ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App